नियम २९
नेपाल सरकारको विरुद्ध वा नेपाल सरकारको तर्फबाट प्रतिरक्षा गरिएका सरकारी कर्मचारीको विरुद्ध अदालतबाट भएका फैसला वा आज्ञप्ति (डिक्री) बमोजिम भरिभराउ गर्ने
नेपाल सरकारको विरुद्ध वा नेपाल सरकारका तर्फबाट प्रतिरक्षा गरिएको वा सरकारी कर्मचारीको विरुद्ध कुनै अदालतले गरेको फैसला वा आज्ञप्ति (डिक्री) अन्तिम भएपछि प्रचलित कानूनको म्यादभित्र सोबमोजिम भरी भराउको लागि
दरखास्त परी सम्बन्धित अधिकारीले लेखी पठाएमा विभागीय प्रमुखले भरी भराउको कारबाही गरी गराई दिनु पर्छ ।